गण्डकीमा को सत्ता, को प्रतिपक्ष ?
पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार बसेको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको पहिलो बैठकमा सरकारले यसअघि ल्याएका दुई वटा अध्यादेश टेबल भए ।
प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी अध्यादेश टेबल भएको हो । सरकारले ल्याएका अध्यादेशहरु संसद बसेको पहिलो बैठकमै पेस गर्नुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार अध्यादेश टेबल गरिएको हो ।
तर, दोस्रो कार्यकाल सुरु भए पनि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठन गर्न आह्वान नगर्दा को सत्ता, को प्रतिपक्ष यकिन भएको छैन । संसदमा सत्तापक्ष सभामुखको दायाँ र प्रतिपक्ष बायाँतर्फ बस्ने प्रचलन छ । तर, सोमबार यस्तो भएन ।
संसदको पहिलो लहरमा मन्त्रीहरु र दोस्रोमा संसदीय दलका नेता बसे । सत्ता र प्रतिपक्ष भनेर छुट्याइएन । सदनको पहिलो पंक्तिमा कानुनमन्त्री विन्दु थापा र खेलकुद मन्त्री दीपक मनाङे, दोस्रोमा दलका नेताहरु कांग्रेसबाट सुरेन्द्र पाण्डे, एमालेबाट खगराज अधिकारी र माओवादीबाट हरिबहादुर चुमान र अरुलाई छ्यासमिस राखेर सदन सञ्चालन गरिएको छ ।
सदन सञ्चालन गर्नुअघि गण्डकीमा प्रतिनिधित्व गरेका पाँच वटै दल सम्मिलित सर्वदलीय बैठक बसेको थियो । सोही अनुसार संसद व्यवस्थापन र कार्यसूची तयार गरिएको थियो ।
अहिलेसम्म प्रदेश सरकार गठनको कुनै छनक देखिएको छैन । सोमबार प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको २० दिनमा संसद बैठक पनि बस्यो । प्रदेश प्रमुखले सरकार गठनका लागि संविधान अनुसार नै आह्वान हुने बताए पनि अहिलेसम्म आह्वान गरेका छैनन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकीमा सरकार बन्ने छ । प्रदेश प्रमुख गुरुङले पनि सोही धारा अनुसार आफूले सरकार गठनको आह्वान गर्ने सुनाए । ‘हामीहरुले संविधान अनुसार नै सरकार गठन आह्वान गर्छौं । निर्वाचन परिणाम अनुसार नै सरकार गठनको प्रकृया अगाडि बढाउँछौं,’ गुरुङले भने ।
संविधानको धारा १६८ को उपधारा २ मा भनिएको छ, ‘दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।’
स्रोतका अनुसार प्रदेश प्रमुख गुरुङले आउँदो हप्ताभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
-
१० मेगावाट माथिका आयोजनाको पीपीएमा बजेट मौन : १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना अन्योलमा
-
बसपार्क क्षेत्रका घर भत्काउन अदालतले रोकेपछि रिसाए पोखराका मेयर
-
नेपाली आँप आउन थाल्यो बजारमा (तस्बिरहरू)
-
भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
-
सशस्त्रका १५ एसएसपीको सरुवा र ८ जनाको पदस्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण