वर्षा र पुष्पको ‘मनसँग मन’ भ्यालेन्टाइन डेमा रिलिज हुने
मङ्गलबार, १९ पुस २०७९, १२ : १६
काठमाडौँ । फिल्म ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको फिल्म भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश राईले बताए ।
पुष्प खड्का, वर्षा सिवाकोटी, रवीन्द्र झा, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्तेदा लगायतको मुख्य भूमिका रहेको फिल्ममा पल शाह र पूजा शर्माको पनि विशेष भूमिका छ ।
अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाङ्कन, अर्जुन जीसीको सम्पादन रहेको फिल्म लभ स्टोरी जनरामा निर्माण गरिएको हो ।
फिल्मको वितरण उपत्यकामा जिजिए ग्रुप र डिसीएन तथा मोफसलमा एफडी कम्पनीले गर्दै छ । प्रेमकथामा आधारित फिल्म भएकोले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै रिलिज तय गरिएको वितरक करण श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण