६४ अंकले बढेर नेप्से सूचक २१२५ मा, ८ कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । मंगलबार ३ अंकको करेक्सनसँगै बुधबार नेप्से सूचक ६४ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ६४.८७ अंकले बढ्दै २१२५.९४ विन्दुमा उक्लिएको हो ।
उसो त झण्डै ६५ अंकमाथिले नेप्से बढेको यस दिन ३ अर्ब ५० करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज पनि हिमालय डिस्टिलरी लिमिटेड उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै ११ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । यस्तै, सानिमा मै हाइड्रो लिमिटेडको १० करोड ८७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आज नेपाल दूरसञ्चार लिमिटेड (एनटीसी) को १० करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली हुँदा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, नादिप लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण