श्रम स्वीकृति विनै नेपाल टी–ट्वान्टी लिग खेल्दैछन् विदेशी खेलाडीहरु
बुधबार, २० पुस २०७९, २१ : ५०
काठमाडौं । यही पुष ९ गतेबाट सञ्चालनमा आएको नेपाल टी–ट्वान्टी लिगमा आबद्ध विदेशी खेलाडीले अझैसम्म श्रम स्वीकृती नलिएको पाइएको छ । श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रम स्वीकृतिका लागि ६ टोलीका ३२ जना खेलाडीको माग आएपनि हालसम्म स्वीकृत नलिएको विभागका प्रवक्ता मनिनाथ गोपेले बताए ।
उनले नेपाल टी–ट्वान्टी लिगबाट माग मात्र आएको र त्यसपछि कुनै पनि प्रकृयामा नपुगेको बताए । नेपाल टी–ट्वान्टी लिगका ६ टोलीहरुबाट ३२ जना खेलाडीको श्रम स्वीकृतिका लागि माग आएको थियो । त्यसपछि कुनै प्रक्रिया अघि ढलेको छैन,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।
यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिनभित्रमा जवाफ पठाउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागलाई गत १८ गते पत्र पठाइ सकेको छ । यता राखेपाले पनि यो विषयमा छानबिन गर्न आफ्नो कार्यदल गठन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण