पेरिस फर्किए मेस्सी
बुधबार, २० पुस २०७९, २१ : १३
फ्रान्स । अर्जेन्टिनासँग विश्वकप उपाधि जितेपछि बिदामा रहेका लियोनेल मेस्सी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । बुधबार बिहान पीएसजीको आधिकारिक सामाजिक सञ्जालबाट मेस्सी पेरिस फर्किएको जानकारी दिएको थियो ।
विश्वकप फाइनलपछि उनलाई केही समय बिदा दिइएको थियो । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वकपको उपाधि जितेको थियो । यता मेस्सीबिना नै लिगको सुरुवात गरेको पीएसजीले एक खेलमा पराजय बेहोरिसकेको छ । नयाँ वर्षको दिनमा क्रिस्टोफर गाल्टियरको टोली लेन्ससँग ३–१ गोलले स्तब्ध बनेको थियो ।
यता पेरिस फर्किएसँगै मेस्सीले क्लबसँग नयाँ करार सम्झौता पनि गर्ने अपेक्षा गरिएको छ । मेस्सीले करार सम्झौता नवीकरण गर्ने सहमति जनाए पनि त्यसलाई अन्तिम रूप दिन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण