शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिस फर्किए मेस्सी

बुधबार, २० पुस २०७९, २१ : १३
बुधबार, २० पुस २०७९

फ्रान्स ।  अर्जेन्टिनासँग विश्वकप उपाधि जितेपछि बिदामा रहेका लियोनेल मेस्सी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । बुधबार बिहान पीएसजीको आधिकारिक सामाजिक सञ्जालबाट मेस्सी पेरिस फर्किएको जानकारी दिएको थियो ।
विश्वकप फाइनलपछि उनलाई केही समय बिदा दिइएको थियो । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वकपको उपाधि जितेको थियो । यता मेस्सीबिना नै लिगको सुरुवात गरेको पीएसजीले एक खेलमा पराजय बेहोरिसकेको छ । नयाँ वर्षको दिनमा क्रिस्टोफर गाल्टियरको टोली लेन्ससँग ३–१ गोलले स्तब्ध बनेको थियो ।

यता पेरिस फर्किएसँगै मेस्सीले क्लबसँग नयाँ करार सम्झौता पनि गर्ने अपेक्षा गरिएको छ । मेस्सीले करार सम्झौता नवीकरण गर्ने सहमति जनाए पनि त्यसलाई अन्तिम रूप दिन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप