प्रदेशका पदाधिकारीलाई सुविधै सुविधा
मुलुक प्रादेशिक संरचनामा गएपछि वागमती प्रदेश सभाका सभामुख र उपसभामुखसहित पदाधिकारीले प्रदेश सभाका अन्य सदस्यभन्दा धेरै प्रकारका सुविधाहरू पाएका छन् । उक्त सुविधाका कारण पनि विभिन्न दलका नेताहरू वागमती प्रदेशमा आकर्षित भएको पाइएको छ ।
वागमती प्रदेश संसद् सचिवालयका अनुसार सभामुखले पारिश्रमिक मात्रै ६१ हजार ४ सय ८० रुपियाँ, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताले ५८ हजार, सत्ता पक्षका मुख्य सचेतक, समिति सभापति र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले ५६ हजार ८ सय ४० रुपियाँ पाउने व्यवस्था छ।
दलका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक र प्रमुख प्रतिपक्षी दलका सचेतकले ५४ हजार ५ सय २० रुपियाँ र सदस्यले ५२ हजार २ सय रुपियाँ प्रतिमहिना पारिश्रमिक पाउने व्यवस्था छ। त्यसै गरी पदाधिकारी र सदस्यले प्रदेशसभा बैठक वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएबापत् प्रतिदिन १ हजार रुपियाँ पाउने बैठकभत्ता पाउने व्यवस्था छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण