शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा

बिहीबार, २१ पुस २०७९, १६ : ३५
बिहीबार, २१ पुस २०७९

काठमाडौं । फिल्म ‘गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । बिहीबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गरेका हुन् ।

कार्यक्रममा उनले फिल्म एकदमै राम्रो बनेको समेत दाबी गरे । ‘‘गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउछन्’ शाहीले भने, ‘फिल्म हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउँछ ।’ शाहीले पैसा फिर्ताका लागि टिकटको कपीसहित आफूलाई सम्पर्क गर्न सक्ने समेत सुनाए ।

कार्यक्रममा फिल्मको नयाँ ट्रेलर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार सारा श्रीपालि, प्रितमराज सेन्चुरी, करिब खड्का लगायतको त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको बनेको अनुमान लगाउन सकिन्छ । २ मिनेट ४६ सेकेन्डको ट्रेलर दर्शक लोभ्याउन सफल देखिन्छ ।

आगामी २९ गतेबाट प्रदर्शनमा आउने फिल्म प्रेमकथामा बनेको हो । फिल्मलाई अष्ट महर्जनको निर्देशन गरेका हुन् । सारा र प्रितम र कबिरको अलवा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । 

विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । कार्यक्रममा निर्देशक अष्ट महर्जनले फिल्म निर्माणमा आफूले कुनै कसुर बाँकी नराखेको बताए । ‘मैले फिल्म क्षेत्रमा सिकेको सबै अनुभव फिल्ममा खन्याएको छु’ निर्देशक महर्जनले भने । आफू लामो समयदेखि फिल्म क्षेत्रमा एक्सन विद्यामा कार्यरत भएपनि निर्देशनको सुरुवात प्रेमबाट गर्न प्रेमकथाको फिल्म बनाएको बताए ।   

डेब्यु हिरो प्रितमराजले फिल्मको कथा राम्रो भएकोले आफूले डेब्यु गरेको बताए । उनले फिल्मबाट आफू स्थापित हुने विस्वास व्यक्त गरे । त्यस्तै अर्का अभिनेता करिब खड्काले पनि फिल्म राम्रो बनेको बताए । उनले प्रेमकथा फिल्म बनेपनि सबै खालका दर्शकका लागि फिल्म उपयुक्त रहेको धारणा राखे ।

कार्यक्रममा अभिनेत्री सारा श्रीपालि  भने उपस्थिती थिएन । सारा अहिले दुबईमा भएकोले कार्यक्रममा उपस्थित हुन नसकेको निर्माण युनिटले जानकारी दियो ।  हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप