न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु
सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्य दलको बैठक सुरु भएको छ । शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो ।
कार्य दलले आजै सो मस्यौदालाई अन्तिम रूप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ । सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ । सो भन्दाअघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
एमालेका उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुलुक ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सो कार्य दलमा रहेका छन् ।
सत्तारुढ गठबन्धन सरकारले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा हाल ८ सदस्यीय मन्त्रीमण्डल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण