शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म कलेजले अस्करका विद्यार्थीलाई सिंगापुरमा इन्फानाइट स्टुडियोज्ले दियो छात्रवृत्ति

शुक्रबार, २२ पुस २०७९, १३ : ५६
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । सिंगापुरको  इन्फानाइट स्टुडियोज्ले अस्कर कलेज (कलेज अफफिल्म स्टडिज)का १५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । स्टुडियोको प्रतिनिधि सुयीमोले बिहीबार अस्कर कलेजमै आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने १५ जना विद्यार्थीलाई रकम हस्तान्तरण गरेकी छन् । 

कार्यक्रममा ५ जना विद्यार्थीले इन्फाइनाइट छात्रवृत्ति र १० जनाले इन्फानाइट बर्सरी अवार्ड प्राप्त गरेका थिए ।  इन्फानाइट स्टुडियोज्ले २०७३ सालदेखि अस्कर कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । 

प्रतिनिधिको रुपमा नेपाल आएकी मोले कलेजले विद्यार्थीको वृत्ति विकासमा ठुलो योगदान पुर्‍याउने उल्लेख गरिन् । ‘कलेजमै विद्यार्थीले सबै सीप सिक्ने भएकाले गर्दा फिल्म कलेज सिनेमा उद्योगका आधार हुन् । यही कारणले हामीले विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका हौँ । आगामी दिनमा हामी अरू क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौँ,’ मोले कार्यक्रममा भनिन् ।

मोले बिहीबार नै कलेजमा विद्यार्थीले बनाएका ६ वटा सर्ट फिल्म पनि हेरेकी थिइन् । ‘छात्रवृत्ति बापत विद्यार्थीले पाउने रकमको ठुलो अर्थ छ । यो बाहेक हामी स्टुडियोसँग आगामी दिनमा अरू क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौँ,’ उनको भनाइ थियो । 

स्टुडियोले कोभिड १९ को महामारीका कारण क्षति बेहोर्नु परेका विद्यार्थीका लागि भनेर दुई साल अघिदेखि बुरसरी अवार्ड पनि वितरण गर्न थालेको थियो । स्टुडियोले तेस्रो साल पनि यो अवार्डलाई निरन्तरता दिने निर्णय गर्दै बिहीबार यो अवार्ड प्राप्त गर्ने १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप