‘भष्मे डन’मा सौगातको इन्ट्री
काठमाडौंँ । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’ मा अभिनेता विपिन कार्कीले निभाएको चर्चित पात्र भष्मे डनको नाममाथि निर्माण हुन लागेको फिल्म ‘भष्मे डन’ मा अभिनेता सौगात मल्ल भित्रिएका छन् । फिल्ममा उनी मुख्य अभिनेताको रूपमा भित्रिएका हुन् ।
फिल्ममा विपिन कार्कीले भष्मे डनको भूमिका निर्वाह गर्दैछन् । ‘पशुपति प्रसाद’ कै निर्देशक तथा लेखक दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्ममा सौगातको भूमिका कस्तो भने अहिले सार्वजनिक गरिएको छैन ।
फागुन १२ गतेबाट छायांकन सुरु हुने फिल्मको अहिले स्क्रिप्ट ‘रि–राइट’को चरणमा रहेको छ । फिल्मको लेखन खगेन्द्र लामिछानेले गरिरहेका छन् ।
‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो त्यहीँबाट ‘भष्मे डन’ को कथाको उठान हुने निर्देशक दीपेन्द्र के खनालले बताए । तर उनले फिल्म पशुपति प्रसादको सिक्वेल नभएको खुलाए ।
काठमाडौंको पशुपतिनाथ क्षेत्र वरपर छायांकन हुने फिल्ममा ‘पशुपति प्रसाद’मा हनुमानको क्यारेक्टर निभाएका कलाकार रविन्द्र सिंह बानियाँको पनि मुख्य भूमिका रहनेछन् । खगेन्द्र लामिछानेको समेत अभिनय रहने फिल्म दीपेन्द्र र खगेन्द्रले मिलेर बनाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण