ए डिभिजन लिगका १४ क्लबले गरे दर्ता
शुक्रबार, २२ पुस २०७९, १५ : ५५
काठमाडौँ । सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ का लागि १४ ए डिभिजन क्लबले दर्ता गरेका छन् । त्यस्तै १५ क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५÷१५ लाख रुपैयाँ प्राप्त गरेका छन् । मनाङ मस्र्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले बिहीबार र शुक्रबार फारम बुझाए । क्लबहरुले तयारीको पहिलो किस्ताको रकम समेत संकलन गरेका छन् ।
चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले प्रवेश फारम बुझाएका थिए । बुधबार सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ मार्च ३ बाट सुरु हुँदैछ । प्रतियोगिताको टाई सिट जनवरी १६ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण