मधेसमा जनमत पार्टीलाई फकाउँदै कांग्रेस

बारा । केन्द्रमा सत्ता गठबन्धन हेरफेर भएपनि मधेस प्रदेशमा नेपाली कांग्रेसले जनमत पार्टीलाई फकाउने प्रयास गरेको छ । सरकारमा रहनाका लागि कांग्रेसले जनमतलाई मुख्यमन्त्रीको अफर गरेर फकाउने प्रयास गरेको हो ।
कांग्रेसका नेता सुनिल गुप्ताले मधेस प्रदेशमा जनमत पार्टीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएको तर पुष २६ गतेपछि मात्रै त्यसको टुंगो लाग्ने बताए । ‘सिके राउतले मधेस प्रदेशमा मुख्यमन्त्री मागिरहनु भएकोले कांग्रेसले पनि मुख्य मन्त्री दिएर आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा छलफल चलाइरहेको छ, लोसपा पनि हामीसँगै भएकोले यस्तो वातावरण बन्नसक्छ’ गुप्ताले भने ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा नेकपा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादीका १–१ र स्वतन्त्रतर्फका पाँच जना सांसद छन् ।
कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले केन्द्रको निर्देशनका आधारमा प्रदेशमा सरकार गठनको तयारी हुने बताए । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल ९प्रचण्ड०ले २६ पुसमा विश्वासको मत पाउने÷नपाउने टुंगो लागेपछि मात्रै मधेस प्रदेशमा जनमत पार्टीलाई मुख्यमन्त्री दिने नदिने विषयमा निर्णय हुने यादवको भनाइ छ । ‘पहिलामाथिको निर्णय के हुन्छ हेरौँ, पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत पाउँछन्÷पाउँदैनन् त्यसपछि मात्रै प्रदेशको टुंगो लाग्छ,’ संसदीय दलका नेता यादवले भने ।
कांग्रेस मधेस प्रदेशका केही नेताहरू भने पुस २६ गतेसम्मको लागि ‘पर्ख र हेर’ को नीतिमा देखिएका छन् । कांग्रेस मधेस प्रदेशका उपाध्यक्ष चन्द्रशेखर यादवले केन्द्रका नेताहरुबीच छलफल भएपनि निर्णय आइनसकेको बताए । सत्ता गठबन्धन बाहिर रहेका दलहरु मिलाएर मधेसमा सरकार गठन गर्न सहज हुने कांग्रेस नेताहरूको दाबी छ ।
यता लोसपा मधेस प्रदेश इन्चार्ज जितेन्द्र सोनलले प्रदेशमा सरकार गठनको विषयमा अहिले कुनै छलफल नभएको बताए । ‘केन्द्रमा नै राजनीति उथलपुथल भएको अवस्थामा प्रदेशमा के हुन्छ अहिले भन्ने अवस्था छैन,’ सोनलले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी