गृहमन्त्री लामिछानेले भने–नागरिकको सेवा र सहजताका लागि काम गर्नेछु
शुक्रबार, २२ पुस २०७९, २० : २५
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफू नागरिकको सेवा र सहजतामा काम गर्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै उनले आफूले बोलेका कुरा इमानदारीका साथ पुरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
लामिछानेले उपप्रधान तथा गृह मन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो सुरक्षामा खटिएका प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायव निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी राखेको र अगुवा पछुवाको सुरक्षाकर्मी तथा गाडी पनि घटाएको उल्लेख गरेका छन् ।
यस्तै उनले आफूले सर्वसाधारण नागरिक जस्तै ट्राफिक नियमको पनि पालना गर्दै आएका बताएका छन् । आकस्मिक बाहेक अन्य समयमा साइरन पनि नबजाउने जनाउँदै उनले बिदाको दिन र व्यक्तिगत काममा आफ्नै सवारीसाधन प्रयोग गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण