बृद्धाश्रमलाई श्रष्टा तथा प्रस्तोताको सहयोग
काठमाडौँ । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराहीस्थित ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’ मा आश्रित बृद्धबृद्धालाई न्यानो कम्बलसहित खाद्यान्न सहयोग गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रित बृद्धबृदालाई तातोका लागि न्यानो कम्बलसहित खाद्यान्न, फलफुल र नगद समेत सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष तथा संगीतकार राजेन्द्र बजगाईले जानकारी दिए । काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बृद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनाअनुरुप उक्त सहयोग गरिएको हो ।
कला क्षेत्रका विभिन्न विधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरु आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा विविध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेको छ । कलाकारहरुको सांगीतिक प्रस्तुतीले बृद्धाश्रममा आश्रित बुबाआमाहरुले नाचगान गर्दै रमाइलो गरेका थिए ।
कला क्षेत्रका विभिन्न विद्यामा आवद्ध संगीतकर्मीको हक–हितका लागि संस्था स्थापना भएपनि सामाजिक कार्यमा समेत सक्रिय रहने उद्देश्यअनुसार आफुहरुले पहिलो काम नै बृद्धाश्रमलाई सहयोग गरेको प्रतिष्ठानका महासचिव संगीतकार दीपक शर्माले बताए ।
आजभन्दा ९ वर्ष अघि स्थापना भएको बृद्धाश्रममा हाल १२ जनाले आश्रय लिइरहेका छन् । आमाहरुका लागि मात्र भनेर सञ्चालन गरिएको आश्रममा हाल भने एकजना बुबालाई पनि आश्रय दिइएको सञ्चालक धनराज भडेलले जनाएका छन् । १३ वर्षकै उमेरमा आमा गुमाएका धनराजले आमा गणेशकुमारीको सम्झनामा यो बृद्धाश्रम सञ्चालन गरेका हुन् ।
सहयोग हस्तान्तरणका लागि प्रतिष्ठानका तर्फबाट सुजाता केसी, नारायण थापा, रिता केसी, बेनिशा पौडेल, माइकल चन्द, मनोज परियार, सविन सुवेदी, प्रतिक्षा काफ्ले, उत्तम अधिकारी, भद्र ओली, शिलन लम्साल, पुस्कर सुनुवारलगायतका कलाकर्मी समेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण