शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नबल नेपालको आवेग र नियति बिसाउने 'चौतारी' युट्युबमा

शनिबार, २३ पुस २०७९, ०८ : २६
शनिबार, २३ पुस २०७९

माटो सुहाउँदो चलचित्र निर्देशनमा खप्पिस मानिने निर्देशक नबल नेपालको निर्देशनमा तयार भएको लघु सिनेमा 'चौतारी' युट्युबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक चौतारीमा उमेरले उत्पन्न गर्ने आवेग र त्यसपछिको नियतिलाई केलाउने प्रयास गरिएको छ । 

युवा उमेरमा हुने आकर्षण, प्रेम र धोकाका किस्सालाई भिडियोमा अर्थपूर्ण रूपमा देखाउने प्रयास गरिएको छ । साथै सन्तानको भविष्यका लागि अभिभावकले गरेको त्यागलाई पनि भिडियोमा स्थान दिइएको छ । 

भिडियोको कथालाई  दिनेश न्यौपाने र नबल नेपालले सङ्कलन गरेका हुन। १६ मिनेट अवधिको उक्त लघु सिनेमा हरि ढकाल र गीता ढकालले  निर्माण गरेका हुन भने मदन काश्यपले खिचेका छन्। 

वसन्त भट्ट,  मिना ढकाल, विकास लामिछाने  र सिम्रन खड्काको  अभिनय रहेको  'चौतारी'मा  प्रिया न्यौपानेको अतिथि भूमिका रहेको छ। नवीन निरौलाको सम्पादन रहेको चौतारीले भोकाएका दर्शकहरूलाई मनोरञ्जन दिने कुरामा निर्देशक नेपाल ढुक्क देखिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप