आफ्नै देशको माया लाग्छ
जो जहाँ भए पनि,
आफ्नो मातृभूमि प्यारो लाग्दो रहेछ
भिन्न भेषभुषा, भिन्न जातजाति,
भिन्न रहनसहन, भिन्न भाषा भाषी,
जे जस्तो भए पनि
आखिर, आफ्नो देश भनेकै
आफ्नो हुँदो रहेछ ।
विदेशमा यश आराम, सुख सयल
सबै पाए पनि,
आलिशान महलमा बस्न पाए पनि,
सुनको थालमा,
मिष्ठान्न ब्यञ्जन खान पाए पनि,
हीरा मोतिजडित
पोशाक लगाउन पाए पनि,
स्वदेशमा आफ्नो रगत पसिना बगाएर
झुपडीमा बसेर टपरीमा मकै गुन्द्रुक खाएर
नेपाली पोशाक लगाएर
गर्वसँग बाँच्नु नै बेस छ ।
यतै जन्मे, यतै हुर्के,
अब मर्न पनि यतै पाए हुन्थ्यो
सगरमाथाको शिखरझैँ
शिर ठाडो राख्न पाए
आफ्नो सिद्धान्त र स्वाभिमानको
रक्षा गर्न पाए
आकाशझैँ विशाल हृदय बनाएर
बाँच्न पाए
अरु के नै चाहियो र ?
अरुको गुलामी भई मोजमस्ती गर्नु भन्दा
स्वत्रन्त्रपूर्वक दुःख गरेर बाँच्नु नै बेस छ ।
जो जहाँ भए पनि,
आखिर आफ्नै देशको
माया लाग्दो रहेछ ।
माया लाग्दो रहेछ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण