आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

शनिबार, २३ पुस २०७९, १८ : १७
शनिबार, २३ पुस २०७९

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् ।  अध्यक्ष तिमिल्सिनाले नयाँ मन्त्रीहरुले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल भएर जाने समेत बताए ।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले काम गर्नुपर्ने स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले गठबन्धन सरकारले मिलेर रामो काम गर्नुपर्ने बताए । उनले चुनावमा जनतामाझ गरिएका प्रतिवद्धता अनुसार काम गर्न पनि मन्त्रीहरु लाग्नुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले भने,  ‘सुशासन र सुव्यवस्था भन्ने कुरा हर क्षेत्रमा चाहिने हो नि त । सरकारी सेवामा नागरिकता बनाउँदा, अहिले पासपोर्ट दिने कुरामा पनि झमेला । अव त्यस्ता केही कुराहरु छन भने त्यसलाई तत्काल हटाउनुपर्यो । चाहे त्यो नागरिकता दिन सिफारिस दिने कुरा होस् र उद्योगधन्दा खोल्नुपर्यो, पैसा नखुवाई हुन्न भन्ने कुरा सुन्न पर्यो भने त्यो सुशासन हुुन्छ ? उद्योगधन्दा गर्छु भन्दा हुँदाहुँदा कर तिर्न जाँदा पनि घुस खुवाउनुपर्यो भने त्यो कसरी सुुशासन हुन्छ ? तीर्न जाँदा पनि अर्को खर्च गर्नुपर्यो भने त भएन नि ।’

तिमिल्सिनाले भने,  ‘त्यसकारण अवका दिनहरुमा हामी सबैले खासगरी निर्वाचित जनप्रतिनिधिहरुले मैले के गरे भनेर दैनिक हेरेर गठबन्धन सरकारको नियति त रहिरहन्छ । आलोपालो सबैलाई मन्त्री पुर्याउनुपर्ने हुन्छ । एउटाको बहुमत नआएपछि मिलीजुली नै सरकार जानुपर्ने हुन्छ । तर मिले पनि राम्रो गर्नका लागि मिलौं । सरकार चलाउनका लािग मात्रै होइन । जे बोल्छौं त्यो गर्ने हो भने राम्रो हुन्छ । किनभने बोल्न त कसैले नराम्रो बोल्नु हुन्न् । बोल्ने कुरा मन्त्रीहरुको राम्रै छ । चुनावमा भोट माग्न जाने कुरा राम्रै छ । त्यही गरिदिए त पुगिहाल्यो नि । बोलेका कुराहरु गरिदिए धेरै राम्रो हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरुको हित प्रवद्र्धन गर्नका लागि आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने बताए । उनले आफ्नो व्यवसायमा आवद्ध मजदुरहरुको सेवा, सुविधामा विशेष ध्यान दिन पनि व्यवसायीहरुलाई सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप