विदेशी चरा नेपालमा बस्न अनिच्छुक
काठमाडौँ । हिउँदमा आउने विदेशी चरा नेपालमा बस्न अनिच्छुक देखिएका छन् । विशेषगरी हिउँद लागेपछि उत्तरी गोलार्द्धको चिसो छल्न नेपाल आउने गरेका चरा यहाँ बस्न अनिच्छा देखाउन थालेका हुन् ।
नेपालमा हिउँदे आगन्तुक पानी चराको गणना सुरु भएको छ । सिमसारयुक्त केही विशेष स्थलबाहेक अन्यत्र विदेशी चरा कम बास बस्न थालेको गणनाक्रममा फेलापरेको छ। शनिबार काठमाडौँको बागमती नदी र टौदहमा आएका पानी चराको गणना भयो । यहाँ खटिनुभएका गणना संयोजक टेकबहादुर घर्तीले यस क्षेत्रमा हरेक वर्षजसो विदेशी पानी चराको आमगन कम हुँदै जान थालेको पाइएको बताए । टोलीले बिहानैदेखि बागमती नदीकिनार र टौदहको सेरोफेरोमा चरा गणना सुरु गरेको थियो । उनले शनिबार अपराह्न गणना सक्दा जम्मा तीन प्रजातिका आगन्तुक चरामात्र फेलापरेको जानकारी दिए । उनका अनुसार उत्तरी गोलार्द्धका मङ्गोलिया र साइबेरियाबाट आएका खडखडे हाँस करिब २६ वटा, बिजुला गैरी ३६ वटा र जलेवा करिब २० वटा फेलापरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण