उपरथी शाहीमाथि छानबिन गर्न कोर्ट अफ इन्क्वाइरी गठन
आइतबार, २४ पुस २०७९, ११ : १७
काठमाडौँ । सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि छानविन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेका हुन् । उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा कोर्ट अर्फ इन्क्वाइरी गठन गरिएको नेपाली सेनाका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । इक्वाइरी टिमका संयोजक श्रेष्ठ सेनामा प्रेम शाही भन्दा जुनियर हुन् ।
पुस १९ मा शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो । शाहीलाई अहिले भद्रकालीस्थित सैनिक प्रहरी गणको हिरासतमा राखिएको छ । बुढानिलकण्ठ नगरपालिकास्थित चपलीमा रहेको उनको घरमा सेनाले पुस २१ मा छापा मारेको थियो । पारिवारिक स्रोतकाअनुसार दिउँसो ३ देखि राति ९ बजेसम्म सैनिक प्रहरीले छापा मारेर महत्वपुर्ण कागजात र ल्यापटप लगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण