नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने
सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पनि आर्थिक अभावमा नगरपालिकाको पूर्वाधार विकास हुन नसकेपछि सबै नगरपालिकाको सामूहिक सेयर लगानी गरी पूर्वाधार विकास बैङ्क स्थापना गर्न लागिएको हो।
नेपाल नगरपालिका सङ्घको नेतृत्वमा देशभरका छवटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २७६ वटा नगरपालिका गरी २९३ वटै नगरपालिकाको सामूहिक लगानीमा पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। बैङ्कबाट निश्चित प्रतिशत ब्याजमा नगरपालिकाले ऋण लिएर त्यसबाट नगरपालिकाको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ।
सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले नगर विकास कोषले स्रोत परिचालन गरी नगरपालिकाको पूर्वाधार विकासमा अपेक्षाकृत काम गर्न नसक्दा नगरपालिका आफैँले संस्थापक सेयर लगानीमा बैङ्क निर्माण गरी पूर्वाधार विकासका कार्य अगाडि बढाउन लागिएको बताउनुभयो। उहाँले हरेक नगरपालिकाले वार्षिक रूपमा पाँच करोड रुपियाँ बैङ्कमा रकम जम्मा गर्दा पाँच वर्षमा बैङ्कको पुँजी ७३ अर्ब २५ करोड रुपियाँ जम्मा हुने बताए ।
अहिले अधिकांश नगरपालिकामा वार्षिक ६० देखि ७० प्रतिशतभन्दा बढी रकम खर्च नहुँदा बजेट फ्रिज हुँदै आएको छ। नगरपालिकालाई ऋण दिने संस्थाका रूपमा रहेको नगर विकास कोषमा सीमित स्रोत हुँदा अहिलेका नगरपालिकाको पूर्वाधार विकासका लागि कोषले पर्याप्त मात्रामा ऋण दिन सक्ने अवस्था छैन।
केही वर्षअगाडिदेखि नै नगरपालिकाको पूर्वाधार विकासका लागि सबै नगरपालिका सेयर लगानीमा पूर्वाधार विकास बैङ्क स्थापना गर्ने भनिए पनि व्यावहारिक रूपमा अगाडि नबढेको उनले बताए । उनले भने, “नगरपालिका सङ्घको आठौँ राष्ट्रिय महाधिवेशनले नगरपालिकाको संस्थापक सेयर लगानीमा पूर्वाधार विकास बैङ्क निर्माण गर्ने निर्णय गरेकोले अब बैङ्क निर्माणको प्रक्रिया अगाडि बढ्छ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण