आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकले नगद लाभांश दिने

सोमबार, २५ पुस २०७९, २१ : ०७
सोमबार, २५ पुस २०७९

काठमाडौँ । एनएमबि बैंकको  २७औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ । 

बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप