रेड मर्क्युरी भन्दै ठगी
काठमाडौँ । रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटीका ३९ वर्षीय अख्तर हुसेन, धादिङ गल्छी गाउँपालिका-६ घर भएका ३० वर्षीय राज मगर, रूपन्देही कञ्चन गाउँपालिका-५ घर भएका ३८ वर्षीय मिन बहादुर दर्जी, म्याग्दी बेनी नगरपालिका-५ घर भएका ४५ वर्षीय प्रेम बहादुर बाँनिया, धादिङ धुनिवेशी गाउँपालिका-२ महेशँफाटका २५ वर्षीय कृष्ण कुमार परियार, प्यूठान नौबैरी गाउँपालिका-३ घर भएका ५१ वर्षीय गंगा बहादुर बुढा, बागलुङ जलजला गाउँपालिका-४ घर भएका ५१ वर्षीय मुयाल श्रीष, रौतहट गुजरत नगरपालिका-२ वर्म टोलका ३८ वर्षीय संगम लामा र उदयपुर गडी गाउँपालिका-५ क्युरेनीका ३९ वर्षीय बलजित विश्वकर्मा रहेका छन् ।
काठमाडौँ धुम्बाराहीमा केही व्यक्तिहरूलाई ठगी गर्ने उद्देश्यले रेड मर्क्युरी हो भन्दै १ करोड रूपैयाँमा मोलमोलाई गरी अवैध कारोबार गर्न लागिरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण