बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बागमतीका मुख्यमन्त्री जम्मकट्टेल सहित ३ मन्त्रीले लिए शपथ

मङ्गलबार, २६ पुस २०७९, १० : ०४
मङ्गलबार, २६ पुस २०७९

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित तीन जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार बिहान मुख्यमन्त्री जम्मकट्टेलसहित मन्त्रीहरू नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धब थापाले पद तथा गोपनियताको शपथ लिएका हुन् ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुख कार्यालय हेटौंडामा उनिहरुलाई शपथ गराएका हुन् । 

११० सदस्यीय प्रदेश सभाम नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेलले ७० जना सांसदको सर्मन पाएका छन् । माओवादी, एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा दावी पेश गरेका जम्मकट्टेलाई प्रदेश प्रमुख शर्माले सोमबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

उनलाई माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन रहेको छ । जम्मकट्टेल संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

एमालेबाट मन्त्री बनेका थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी लिएका छन् भने राप्रपाबाट मन्त्री बनेका थापाको जिम्मेवारी तोकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप