पेरुमा सरकार विरोधी प्रदर्शन, १२ जनाको मृत्यु
मङ्गलबार, २६ पुस २०७९, १० : ५२

लिमा । पेरुमा एक महिना पुरानो राजनीतिक संकटको पछिल्लो हिंसामा १२ जनाको मृत्यु भएको छ । विमानस्थलमा आक्रमण गर्न खोज्ने प्रदर्शनकारीहरू र सुरक्षा बलबीचको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको हो । रक्तपातको यो नयाँ अध्याय दक्षिणपूर्वी शहर जुलियाकामा भएको थियो ।
प्रदर्शनकारीहरूले डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ र गिरफ्तार गरेपछि राष्ट्रपति बनेकी डिना बोलुआर्टेको राजीनामा माग गरेका छन् ।
वामपन्थी क्यास्टिलोलाई हटाएपछि आक्रोशित प्रदर्शनकारीहरू बोलुआर्टेले तत्काल राजीनामा दिनुपर्ने र नयाँ निर्वाचनको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्धहरू फूलजस्तै हुन्छन् !
-
करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
-
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
-
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो
-
प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता