बागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री थपलिया
मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई जिम्मेवारी दिइएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा मंगलबार बसेको पहिलो बैठकले थपलियालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
त्यस्तै उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकार समक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको फलोअप गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले बताए ।
त्यसैगरी आज बसेको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री जम्मकट्टेलले गरेको पहिलो निर्णयलाई अधि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । सो कार्यदलले आगामी १५ दिन भित्र प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिइएको छ । समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन सचिव लगायत रहने गरी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण