फेसबुकमा जागिरको विज्ञापन गरेर १८ लाख ठगी
काठमाडौँ । सामाजिक सञ्जालमा ‘विदेशमा राम्रो रोजगारको अवसर’ भन्ने विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–३ घर भएर काठमाडौँको नागार्जुन बस्ने मनम घर्तिलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
२३ वर्षीय मनम घर्तिले सुरज थापा नामबाट फेसबुकमा विज्ञापन गरेर पीडितहरूलाई सम्पर्कमा ल्याउँथे । विज्ञापनमा भनिएको हुन्थ्यो–‘फ्रान्स र स्विजरल्याण्डमा रोजगारमा जान चाहनेले ह्वाट्स एपमा सम्पर्क गर्नुहोला ।’
विदेशी नम्बरको ह्वाट्स एपमा सम्पर्क गरेपछि आरोपीले पीडितहरूलाई आफ्नै खातामा पैसा जम्मा गर्न लगाउँथे । पैसा जम्मा गरेपछि सक्कल नागरिकता र पासपोर्ट मागेर पीडितकै नामको सिमकार्ड निकालेर अनलाइन बैंकिङ मार्फत ‘ओटिपी’ कोड लिएर पैसा चोर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
‘नागरिकता र पासपोर्ट लिएर आरोपीले पीडितले नै चलाउने सिमकार्ड डुप्लिकेशन गरेको भेटिएको छ’ एसपी कोइराला भन्छन्–‘मोबाइल बैङ्किङमा पहुँच राखेर पैसा चोरेको अनुसन्धानबाट थाहा भएको छ ।’
मनम र अर्का एकजना मिलेर १८ लाख ठगेको थाहा भएको छ । ठगेको रकम दुबईमा बस्ने शेर बहादुर चौधरीलाई पठाउने गरेको मनमले प्रहरीलाई बताएका छन् । आरोपीहरू विरुद्ध ४ जनाले जाहेरी दिएका छन् । मनमको डेराबाट प्रहरीले १७ वटा नागरिकता बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण