पोखरा नगरसभामा विभेदको विरोध
दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
मङ्गलबार सुरु भएको महानगरपालिकाको १२औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले आफ्नै वडासदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन् ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको नगरसभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेर जातीय विभेदविरुद्ध लेखिएका पर्चा देखाएका थिए । उनीहरूले महानगरप्रमुख धनराज आचार्यलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् ।
समारोहमा समय लिएर बोल्दै नगरसभा सदस्य दीपक घिमिरे विश्वकर्माले जातीय विभेद झल्कने गरी वडाध्यक्ष अधिकारीले दलित महिला सदस्यमाथि गालीगलौज र अपशब्द प्रयोग गरेको बए । उनले उक्त दुर्व्यवहारको घटना भत्सर्नायोग्य रहेको भन्दै पीडितले न्याय र पीडिकले सजाय पाउनुपर्ने धारणा राखे ।
यही पुस १८ गते वडाको चालु आवको लक्षित बजेट विनियोजनका विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारीले वडासदस्य नेपालीमाथि जातीय आधारमा भेदभावजन्य व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ ।
उक्त घटनालाई लिएर नगरसभा सदस्य नै विरोधमा उत्रेपछि केहीबेर नगरसभा प्रभावित बनेको थियो । आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै वडासदस्य नेपालीले दिएको जाहेरीका आधारमा प्रहरीले वडाध्यक्ष अधिकारीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण