पार्मामाथि इन्टरको संघर्षपूर्ण जीत
बुधबार, २७ पुस २०७९, ०८ : ५३

मिलान । साबिक विजेता इन्टर मिलानले संघर्षपूर्ण खेलमा पार्मालाई पराजित गरेको छ । कोप्पा इटालियाको अन्तिम १६ को खेलमा इन्टर २–१ गोलले विजयी भएको हो ।
४४ वर्षीय लिजेन्डरी गोलकिपर जियानलुइजी बुफोनले सिरिए बी क्लबका लागि अक्टोबरपछि पहिलो पटक खेलिरहेका थिए । बुफोन २० वर्षपछि सन् २०२१ मा आफ्नो पुरानो क्लब फर्किएका हुन् । स्टानको जुरिचले खेलको पहिलो हाफमा २५ यार्ड टाढाबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
पार्मा अप्रत्यासित जीततर्फ अग्रसर भइरहँदा खेल सकिन मात्र दुई मिनेट बाँकी छँदा लाउटारो मार्टिनेजले गोल गर्दै खेल बराबरी गरे । निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको अतिरिक्त समयमा फ्रान्सेस्को अकेर्बीले गोल गर्दै इन्टरलाई जीत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठकमा बजेटमाथि छलफल
-
प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित
-
सुन जस्तो देखिने धातुसहित जना पक्राउ
-
प्रतिनिधिसभा बैठकमा विपक्षीहरूको उठेर विरोध
-
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलको विरोध
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त हुनु विश्वविद्यालयको भविष्य निर्माणको जग हो : त्रिवि