पार्मामाथि इन्टरको संघर्षपूर्ण जीत
बुधबार, २७ पुस २०७९, ०८ : ५३
मिलान । साबिक विजेता इन्टर मिलानले संघर्षपूर्ण खेलमा पार्मालाई पराजित गरेको छ । कोप्पा इटालियाको अन्तिम १६ को खेलमा इन्टर २–१ गोलले विजयी भएको हो ।
४४ वर्षीय लिजेन्डरी गोलकिपर जियानलुइजी बुफोनले सिरिए बी क्लबका लागि अक्टोबरपछि पहिलो पटक खेलिरहेका थिए । बुफोन २० वर्षपछि सन् २०२१ मा आफ्नो पुरानो क्लब फर्किएका हुन् । स्टानको जुरिचले खेलको पहिलो हाफमा २५ यार्ड टाढाबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
पार्मा अप्रत्यासित जीततर्फ अग्रसर भइरहँदा खेल सकिन मात्र दुई मिनेट बाँकी छँदा लाउटारो मार्टिनेजले गोल गर्दै खेल बराबरी गरे । निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको अतिरिक्त समयमा फ्रान्सेस्को अकेर्बीले गोल गर्दै इन्टरलाई जीत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण