इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने
काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले उप्रेतीलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित प्रतियोगिताका लागि छनौट गरेको हो । बुधबार बत्तिस पुतलीस्थित स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो । उप्रेतीलाई पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता रोनाली अमात्यले ताज लगाइदिएकी थिइन् ।
कार्यक्रममा द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, लोकेश नेपालमा फाउन्डर गौतम धिमाल, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । गतवर्ष ‘मिस इको इन्टरनेशनल’ शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतियोगीतामा टप २० मा पुग्न सफल उनी अहिले अमेरिकाको ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गदैछिन् ।
आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका लागि उप्रेती नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । उप्रेतीलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुबाट ग्रुमिङ गरिनेछ । उप्रेतीले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार ब्यक्त गरिन् । कार्यक्रममा उनले नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने बताएकी थिइन् ।
ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् । मिडियाको सिइओमा प्रविन लाकौल रहेका छन् । मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन