आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै विपक्षीद्वारा प्रदर्शन

बिहीबार, २८ पुस २०७९, १२ : ०५
बिहीबार, २८ पुस २०७९

ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वमा बंगलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना गरेका छन् ।

ढाकामा विद्युत मूल्यवृद्धिको (योजना कार्यान्वयन हुन बाँकी) को विरोधमा बीएनपीले जनवरी १६ मा देशव्यापी र्याली र जुलुस गर्ने घोषणा गरेको छ । बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले प्रधानमन्त्री हसिना नेतृत्वको अवामी लिगले प्रहरी र नोकरशाहलाई प्रयोग गरेर सत्तामा टाँसिएको बताए ।

ढाकाको सरकारले विगतका दुई आम चुनावमा जनताको मतदान अधिकार खोसिरहेको आलमगीरले दावी गरे । ‘जनताहरू यस अधिनायकवादी शासनबाट स्वतन्त्रता चाहन्छन्’ आलमगीरले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप