नेपाल टी–ट्वान्टी लिग : विजेताले चेक पाए, पैसा पाउने अनिश्चित
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र सेभेन थ्री स्पोर्टस्को आयोजनामा सम्पन्न भएको प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको पुरस्कार पाउने कुरा अझै अनिश्चित बनेको छ। प्रतियोगिता सम्पन्न भएपछि आयोजकले टिमहरूलाई चेक हस्तान्तरण गरे पनि त्यसको पैसा पाउन भने समय लाग्ने भएको छ।
नेपाल क्रिकेट संघ क्यानका प्रबन्धक वृत्तान्त खनालले डलर आयातको कुराले समय लाग्ने भएको बताए। ‘डलर आयातको कुराले पुरस्कार पाउन अझै समय लाग्नेछ । चेक भने हामीले दिइसकेका छौँ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।
प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले ३० लाख तथा तेस्रो जनकपुरले १० लाख प्राप्त गर्नेछन् । चौथो काठमाडौँले पाँच लाख पाउने छ। सर्वोत्कृष्ट खेलाडीले पाँच लाख, विधागत उत्कृष्टले दुई लाख ५० हजार र इमर्जिङ खेलाडीले एक लाख ८० हजार प्राप्त गर्नेछन् । यो सबै पुरस्कार अनिश्चित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण