शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबल विश्वकपपछि पहिलो पटक मैदानमा उत्रिए लियोनेल मेस्सी

बिहीबार, २८ पुस २०७९, १४ : ०२
बिहीबार, २८ पुस २०७९

अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्व कपपछि पहिलो पटक म्याच खेले । उनले फ्रान्समा भएको लिगवान म्याचमा पेरि सन जर्मा (पीएसजी) क्लबसँग खेल्दै एंगर्स एससीओ क्लबलाई हराउन महत्वपूर्ण भूमिका निभाए ।

पेरिस सेन्ट जर्मन २–० ले विजयी भयो । खेल सकिन १७ मिनेटअघि मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

गत डिसेम्बरमा भएको फिफा विश्व कपमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो । त्यसपछि मेस्सीले खेलबाट विश्राम लिए र केही समय आराम गरे । उनले पीएसजीको पहिलो तीन खेल पनि खेलेका थिएनन् ।

उनी एक साताअघि प्रशिक्षणका लागि पेरिस फर्केका थिए र त्यसपछि बुधबारको खेलमा सहभागी भएका थिए । यस क्रममा उनले ब्राजिलका दिवंगत महान फुटबल खेलाडी पेलेको तस्बिर भएको टी–सर्ट लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप