फुटबल विश्वकपपछि पहिलो पटक मैदानमा उत्रिए लियोनेल मेस्सी
बिहीबार, २८ पुस २०७९, १४ : ०२
अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्व कपपछि पहिलो पटक म्याच खेले । उनले फ्रान्समा भएको लिगवान म्याचमा पेरि सन जर्मा (पीएसजी) क्लबसँग खेल्दै एंगर्स एससीओ क्लबलाई हराउन महत्वपूर्ण भूमिका निभाए ।
पेरिस सेन्ट जर्मन २–० ले विजयी भयो । खेल सकिन १७ मिनेटअघि मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
गत डिसेम्बरमा भएको फिफा विश्व कपमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो । त्यसपछि मेस्सीले खेलबाट विश्राम लिए र केही समय आराम गरे । उनले पीएसजीको पहिलो तीन खेल पनि खेलेका थिएनन् ।
उनी एक साताअघि प्रशिक्षणका लागि पेरिस फर्केका थिए र त्यसपछि बुधबारको खेलमा सहभागी भएका थिए । यस क्रममा उनले ब्राजिलका दिवंगत महान फुटबल खेलाडी पेलेको तस्बिर भएको टी–सर्ट लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण