बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सामुन्द्रिक किनारको छाल बढेपछि एकको मृत्यु, ८५ बन्दरगाह बन्द

बिहीबार, २८ पुस २०७९, १५ : ००
बिहीबार, २८ पुस २०७९

पेरु । पेरुको समुन्द्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ । त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ ओटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको छ । उक्त इन्स्टिच्युटका अनुसार बुधबार यहाँको समुद्रमा अकस्मात छाल बढेको थियो । पहिलेको किनारा नाघेरै माथि आउन थालेपछि समुद्रिक किनारमा रहेका बन्दरगाहहरु नै बन्द गराइएको सो इन्स्टिच्युटले जनाएको छ ।आँधी आउन सक्ने सम्भावना भन्दै ती बन्दरगाहहरु यही जनवरी १६ तारिखसम्मका लागि बन्द गराइएको सूचना पनि यहाँका सरकारी अधिकारीहरुले दिएका छन् ।

पेरुको उत्तरपश्चिमी सामुन्द्रिक किनारमा यस्तो छाल बढेको हो । त्यस क्रममा सो सामुन्द्रिक किनारमा माछा मारिरहेका एकजना ७० वर्षीय व्यक्तिलाई छालले बगाएर समुन्द्रमा मिसाएको थियो । सरकारी निकायले सूचना प्रकाशन गरेर समुद्रको छाल बढेकोले केही दिनसम्म यसको किनारमा नजान र माछा मार्ने या अन्य कार्यहरु समुद्र किनारमा नगर्न भनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप