आमालाई तरबार ताक्ने छोरा पक्राउ
शुक्रबार, २९ पुस २०७९, ११ : ०४
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ३ खस्यौलीमा आमालाई काट्न भनेर तरबार देखाउने छोरा पक्राउ परेका छन् ।
रिब्दीकोट ३ बस्ने २४ वर्षीय हिराबहादुर दर्लामीले आफ्नो आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गलौचसहित तरबारले अचानोमा राखी काट्ने भनेर तरबार देखाएर धाक धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता वीरेन्द्र थापाले बताए ।
थापाका अनुसार प्रहरी चौकी हार्थोकबाट घटनाको सम्बन्धमा जानकारी हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई तरबार र काठको अचानोसहित हिराबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण