चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला
काठमाडौँ । चलचित्र निर्माताहरुको साझा संस्था चलचित्र निर्माता संघले आज काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । चलचित्र विकास बोडमा आयोजित भेलामा निर्माताहरुले आफ्ना समस्या प्रस्तुत गर्नेछन् । करिब ३ सय बढी सदस्यहरुको सहभागिता रहने भेलामा निर्माताहरुले फिल्म निर्माणमा आउने समस्या, वितरणमा देखिएको समस्या र नीतिगत समस्याको बिषयमा समेत छलफल गर्नेछन् । छलफलबाट निस्किएको निष्कर्ष चलचित्र विकास बोर्ड, चलचित्र संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्ना मागका रुपमा पेस गर्ने तयारी संघले गरेको छ ।
भेलामा चलचित्र बिकास बोर्ड, चलचित्र संघ, निर्देशक समाज लगायतलाई निम्त्याइएको छ । भेलामा ‘चलचित्र क्षेत्रको विकाश र बिस्तारको खोजी’ भन्ने शीर्षकमा पनि बृहत छलफल हुने निर्माता संघका अध्यक्ष नवल खड्काले बताए । ‘‘चलचित्र क्षेत्रको विकास र विस्तारको खोजी’ को बिषयमा पहिले मैले कुरा राख्छु । त्यसपछि उपस्थित अतिथिले कुरा राख्नु हुनेछ’ खड्काले भने ।
कार्यक्रममा नेपाली कला क्षेत्रबाट प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गरेका रोज राणा, मृदुकुमार श्रेष्ठ र आसिम शाह लगायतलाई समेत सम्मान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण