जसपा–नेकपा एकीकृत समाजवादीबीच एकता हुनुभन्दा पहिले मोर्चा बन्ने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता हुनुभन्दा पहिले मोर्चा बनाउने सहमति भएको छ । दुई पार्टीबीच एकताका लागि हिजो भएको वार्तामा सो सहमति भएको हो । एकताका लागि केही समय लाग्ने भएका कारण छलफल गर्दै गर्ने र दुई पार्टीबीच मोर्चा बनाएर अगाडि बढ्ने सहमति भएको जसपाका वार्ता समिति सदस्य गोविन्द चौधरीले बताए ।
उनले भने, ‘दुई पार्टीबीच एकीकरणको प्रकृया अगाडि बढाउँदै गर्ने, त्यसअघि नै दुई पार्टीबीच मोर्चा बनाउने सहमति भएको छ । मोर्चाको मोडालिटीको विषयमा एक दुई दिनमै टुङ्गो लगाउने छौं ।’ भोलि हुने वार्तामा दुवै पक्षबाट आआफ्नो पार्टीको तर्फबाट एजेण्डा प्रस्तुत गर्ने र त्यसमा एकएक विषयमा छलफल गर्दै जाने सहमतिसमेत भएको छ ।
एजेण्डामाथि छलफल गर्दा सरल र जटिल विषयवस्तु सूचीकृत गर्दै जाने, सहमति हुन सक्नेमा विषयलाई टुङ्ग्याउँदै जाने सहमति भएको जनाइएको छ । जुन विषयमा सहमति हुन सक्दैन, त्यसलाई जटिल विषयवस्तुमा सूचीकृत गर्ने र त्यसलाई शीर्ष तहबाट नै टुङ्गो लगाउने सहमति भएको छ ।
भोलि बस्ने बैठकमा दुवै पार्टीले आआफ्नो पार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन, पार्टीका अन्य दस्तावेजहरु लिएर आउने निर्णय गरेको छ । दुवै पार्टीका घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदनका एक–एक विषयमा छलफल हुन्छ । र, त्यसबाट सरल र जटिल विषयवस्तु छनौट हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण