कागजमा कमिसन
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले तीन दिनअघि गुणस्तरहीन भनी फिर्ता पठाएको कागज बुधबार केन्द्रमै भित्रियो । फिर्ता पठाइएका गुणस्तरहीन कागजसहितका कन्टेनर फर्केर केन्द्रमै आएपछि कर्मचारी चकित बनेका छन् । ललितपुरस्थित नेपाहेमा ट्रेडलिंकले ल्याएको १ सय ६४ टन कागज केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता पठाएको थियो ।
केन्द्रले सो कागज आगामी शैक्षिक सत्रलाई विद्यालय तहका पाठ्यपुस्तक छपाउन मगाएको थियो । टेन्डरमा खरिद गरिएको कागज प्रिन्टिङ मेसिनमा हाल्नै नमिलेपछि फिर्ता पठाइएको प्रेसकै कर्मचारीले बताए । तर फिर्ता पठाइएको गुणस्तरहीन कागजसहितका कन्टेनर भारततर्फ नगई तीन दिनपछि पुनः केन्द्रमै भित्रिँदा आफूहरू आश्चर्यचकित परेको कर्मचारी बताउँछन् । फिर्ता पठाएको तीन दिनपछि अर्थात् पुस २७ गते सार्वजनिक बिदाका दिन कन्टेनर कागजसहित केन्द्रमा भित्रिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण