मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

स्वीडेनमा अर्दोआनको पुत्ला उल्टो झुण्ड्याइयो, टर्कीद्वारा आक्रोश

शनिबार, ३० पुस २०७९, १० : ४६
शनिबार, ३० पुस २०७९

टर्कीले स्वीडेनमा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको पुत्लालाई पोलबाट उल्टो झुण्ड्याएकोमा असन्तुष्टि व्यक्त गरेको छ ।

यसैबीच, स्वीडेनका प्रधानमन्त्रीले स्टकहोम सहरमा टर्कीका राष्ट्रपतिको पुत्ला झुण्ड्याउनेहरूले स्वीडेनको नाटोमा सामेल हुने आवेदनलाई हानि पु¥याउन चाहेको बताएका छन् ।

स्वीडेनले यसलाई ‘लज्जास्पद’ घटनाको रूपमा वर्णन गरेको छ, तर टर्कीले यसको निन्दा मात्र पर्याप्त नहुने बताएको छ ।

टर्कीले स्वीडेनको आवेदन स्वीकृत गरेको छैन ।

अब टर्कीले चरमपन्थी मान्ने स्टकहोममा सक्रिय समूहहरूलाई कारबाही गर्नुपर्छ भन्ने शर्त राखेको छ । साथै, उसले पुत्ला झुण्ड्याउनका लागि यी समूहहरूलाई जिम्मेवार ठान्छ ।

राष्ट्रपति अर्दोगानको पुत्ला झुण्ड्याइएको फोटो कुर्द समर्थक समूह स्वीडिश सोलिडारिटी कमिटीले प्रकाशित गरेको थियो ।

उनलाई ताक्सिम स्क्वायरमा उल्टो झुण्ड्याउन नपरोस् भनेर समूहले अर्दोआनलाई पछि हट्न चेतावनी दिएको थियो ।

टर्कीका विदेशमन्त्रीले घटनाको लागि कुर्दिस्तान वर्कर्स पार्टी र सिरियाली कुर्दिश मिलिसियालाई दोष दिएका छन् । टर्कीले उनीहरूलाई अतिवादी समूह भन्छ ।

नेटोलाई टर्कीको समर्थन प्राप्त गर्न स्विडेनले यी दुवै समूहबाट आफूलाई अलग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप