धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माइतीघर मण्डलामा भइरहेको धर्नास्थलमा जाँदैछन । बाँकेकी निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको हत्यारालाई कारवाहीको माग गर्दै माइतिघर मण्डलामा धर्नामा बसेकी अधिकारकर्मी रुवी खान लगायतलाई भेटन गृहमन्त्री लामिछाने त्यसतर्फ जान लागेका हुन् । शनिवार धर्नास्थलमा पुगेर उनले आन्दोलनमा रहेकासँग भेटघाट गर्न लागेका हुन् ।
बेपत्ता कुर्मी र मृत्यु भएकी धोवीको हत्यारा पत्ता लगाउन अघिल्लो सरकारले बनाएको छानविन समितिले कात्तिक १४ गते पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा पूर्व सभासद् बादशाहको शंकास्पद भूमिका रहेको निष्कर्ष निकालिएको थियो भने थप अनुसन्धान गर्न सिफारिस गरिएको थियो । सो प्रतिवेदनमा अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न सुझाव दिइएपनि सो को कार्यान्वयन नभएको भन्दै खानले पुन माइतीघरमा धर्ना दिन थालेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण