वर्षमान पुनको सुमेरु अस्पतालमा उपचार सुरु
शनिबार, ३० पुस २०७९, १६ : १९
काठमाडौँ । माओवादी केन्द्रका नेता एवं सांसद वर्षमान पुन अस्वस्थ भएका छन् । माघी पर्वको सन्दर्भमा रोल्पा पुगेका पुन अस्वस्थ भएपछि हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको थियो । ललितपुरको सुमेरु हस्पिटलमा उनको उपचार सुरु भएको पुनको पारिवारिक स्रोतको भनाई छ । जटिल प्रकारको वंशाणुगत जंडिस रोगबाट ग्रसित रहेका पुन गत मंसिरमा उपचारका लागि चीन गएका थिए । पूर्ण रुपमा रोग निको नहुँदै राजनीतिमा सक्रिय रहेका पुनलाई रोगले च्याप्दै लगेपछि रोल्पाबाट उपचारका लागि काठमाडौं ल्याइएको हो ।
नेता पुनलाई लागेको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ । यो रोगको उपचारका लागि विगतमा उनी थाइल्याण्ड र चीनका अस्पतालमा पुगेका थिए । गत निर्वाचनमा निरन्तर खटाइको धपेडीले रोगले च्याप्दै लगेपछि उनी चीनमा उपचारका लागि पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा