दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरीको बोदेबर्साईन नगरपालिका-३ कुसमहारमा साईकलबाट लडेर खडक नगरपालिका-३ बनरझुला बस्ने ३० वर्षीय देव कुमार मण्डलको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सर्लाहीको बागमती नगरपालिका-२ स्थित सडक छेउमा रोकी राखेको ना.५ ख ७५६४ नम्बरको ट्रकमा बागमती प्रदेश ०३-००४ प १५९३ नम्बरको मोटरसाइकल गएराति ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक गोडैता नगरपालिका-४ बस्ने ३२ वर्षीय बिश्वजित हजारीको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी झापाको बाह्रदर्शी गाउँपालिका-६ बाह्रदशी डाँडामा प्र-१-०१-००१ त ८९५९ नम्बरको ट्या३क्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४ वर्षीय फडिन्द्र खातीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण