‘मनसँग मन’ को टिजरमा वर्षाका लागि छल्कियो पुष्पको प्रेम
काठमाडौँ । २७ माघबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मनसँग मन’ को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेको हो ।
टिजरमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र नायिका वर्षा सिवाकोटी देखिउका छन् । टिजरमा वर्षा र पुष्पको प्रेमलाई झल्काउने कोशिस गरिएको छ ।
फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शमाको समेत एउटा नृत्य छ । फिल्ममा वर्षा र पुष्पको अलवा वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।
फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ । फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण