जहाज दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त
आइतबार, ०१ माघ २०७९, १४ : ०३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
अध्यक्ष ओलीले दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा