विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला
काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव भेटिएको छ । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।
दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । नागरिक उड्ययन प्राधिकरणका अनुसार विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।
विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण