शिवको समभोक विमोचित
काठमाडौँ । साहित्यकार शिव प्रकाशको ‘समभोक’ उपन्यासको विमोचन गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजना गरिएको कार्यक्रममा डा. गोविन्द केसी, युवराज घिमिरे, विजयकुमार, शङ्कर तिवारी, सुजना घिमिरे, लेखक र उनका आमा र श्रीमतीले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै पत्रकार विजय पाण्डेले संसारमा भोक, भोग र सम्भोग गरी तीन कुरा अजम्बरी रहेको बताए । यही विषयभित्र रहेर लेखकको दर्शन आएको र भोकका विषयमा गहन रूपमा लेखिएको बताए । उनले भने, “भोक मानिसको प्रगतिको आधार पनि हो ।” संसारमा रहेका यिनै तीन चिजमा शिवप्रकाशले निरन्तर कलम चलाए आगामी लेखनयात्रा अझ सुन्दर हुने पनि उनले बताए ।
नेता गगन थापाले कृतिमा हरेक कुरालाई भोकसँग दाँजेर हेरिको बताए । भोकका बारेमा धेरै कुरा छन्, जसले पाठकलाई निकै राम्रो खुराक दिने थापाले बताए । तर यसलाई राम्रोसँग अध्ययन गर्न सक्नुपर्ने उनले बताए । “संसारमा जेजति कुरा जन्माउँछ, ती सबै भोकले जन्माउँछ, मान्छेले भगवान् जन्माउँछ तर भगवान् पनि मानिसको भोकले जन्माएको हो ।” मान्छेले भगवान्को होइन भोकको पूजाआराधाना गर्छ भन्ने कुरा यस कृतिमा रहेको थापाले बताए । “शारीरिक भोक, पैसाको भोक, यौनको भोकलाई यसमा देखाइएको छ” थापाले भने, “डायस्पोरिक सेटिङमा बोस्टनमा केही नेपाली पात्रहरू, उनीहरुबीचको सम्बन्ध, सङ्घर्ष, उठबस आदि कुरालाई लिएर शिव प्रकाशले आफ्नो दर्शनमा स्थापित गर्नुभएको छ ।”
कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे, विश्लेषक शङ्कर तिवारी, समाजशास्त्री सुजना घिमिरेलगायतको उपस्थिति थियो ।
शिखा बुक्सले प्रकाशनमा ल्याएको समभोकको बजार मूल्य भने रु ४२५ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण