मधेस प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन् । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले भोलि १ बजे विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवको पक्षमा ७४ भन्दा बढी सांसद देखिएका छन् । उनी मुख्यमन्त्री नियुक्त हुँदा लोसपा सरकारमा सामेल हुने टुङ्गो लागेको थिएन । तर, अहिले लोसपा समेत सरकारमा सहभागी भई मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । प्रदेशसभामा नेकपा एमालेका २४, जसपाका १८, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १, नागरिक उन्मुक्तिका १ गरी कुल ७४ भन्दा बढी सांसद सत्ता पक्षमा छन् । विपक्षमा नेपाली कांग्रेसका २२ र नेकपा एकीकृत समाजवादीका ७ जना गरी २९ जना देखिएका छन् ।
बारा २(१) बाट निर्वाचित स्वतन्त्र सांसद शारदा शंकर कलवार एमालेमा प्रवेश गरिसकेका छन् । त्यसैगरी सप्तरी ४(२) बाट निर्वाचित अनिरुद्ध कुमार सिंह र महोत्तरी २(२) बाट निर्वाचित सुरिता साह जसपामा प्रवेश गरिसकेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिमण्डल विस्तार गर्ने स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण