‘भष्मे डन’ मा भित्रिइन् स्वस्तिमा
आइतबार, ०१ माघ २०७९, १५ : ३९
काठमाडौं । दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘भष्मे डन’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच अभिनयको विषयमा सम्झौता भएको हो ।
दीपेन्द्रले अभिनेता खगेन्द्र लामिछानेले मिलेर यो फिल्म बनाउन लागेका हुन् । फिल्ममा विपिन कार्की ‘भष्मे डन’ को रूपमा देखिँदैछन् । स्वस्तिमा विपिनको अपोजितमा देखिनेछन् । फिल्ममा सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतको समेत अभिनय रहनेछ ।
‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि फिल्म निर्माण हुन लागेको हो । आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर फिल्मको छायांकन हुनेछ । फिल्मको रिलिज मिति नयाँ वर्षको दसैँ हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण