बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी जेल चलान
आइतबार, ०१ माघ २०७९, १६ : ०४
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका–८ घर भएका धर्मराज जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उच्च अदालत पाटनले धर्मराजलाई २०७६ फागुन १२ मा १२ लाख ९९ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार रहेका जैसीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
जरिवाना तिर्न नसकेपछि बर्दिया जिल्ला अदालतको आदेशले जैसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर हृदेश कुमार सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण