अत्यधिक मुनाफाका लागि पुराना जहाजको खरिद नै दुर्घटनाको प्रमुख कारण : क्रान्तिकारी माओवादी
काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीले सबैभन्दा सुरक्षित मानिने हवाई यात्रा नेपालमा असुरक्षित हुँदै गएको कुरा बारम्बारका हवाई दुर्घटनाले पुष्टि गरेको बताएको छ । अत्यधिक मुनाफाका लागि कम मूल्य पर्ने पुराना जहाजहरूको खरिद, भ्रष्टाचार र सरकारको लापरबाही नै यसका पछाडिका प्रमुख कारण भएको बताउँदै दुर्घटनाको उच्चस्तरीय छानबिन गरी त्यसको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि शख्त कार्वाही गर्न पार्टीले सरकारसँग माग गरेको हो ।
आज काठमाडौँबाट पोखराको लागि उडेको यति एयर प्रा.लि.को विमान पोखरामा दुर्घटना हुँदा उक्त जहाजमा यात्रा गरेका ५३ जना नेपाली नागरिकहरू तथा भारतीय ५, रसियन ४, आयरिस १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली १ गरी जम्मा १५ जना विदेशी नागरिकहरू एवम् ४ जना चालक दलका सदस्यहरू सहित जहाजमा रहेका जम्मा ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको छ ।
पार्टीले यस दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनका परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ । बाँकी ४ जनाको शीघ्र खोजी गर्न प्रवक्ता प्रतीकद्वारा जारी विज्ञप्तिमा सरकारसँग विशेष माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण