नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाद्वारा दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीले आज एक विज्ञप्ति जारी गर्दै चालक दलसहित ७२ जना सवार यती एयरको विमान सेती खोँच पोखरामा दुर्घटनाग्रस्त भएको घटनाप्रति दुःख व्यक्त गरिएको हो ।
दुर्घटनामा निधन हुने स्वदेशी तथा विदेशी सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । विमान दुर्घटनाका बारेमा प्रभावकारी उद्धार गर्नका लागि सरकारसँग आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “पटक पटकका हवाई दुर्घटनाबाट नेपाली आकास असुरक्षित भएको सन्देश विश्व समुदायमा जानु हाम्रो जस्तो पर्यटनको सम्भावना भएको मुलुकका लागि चिन्ताको विषय हो ।”
दुर्घटनाको वास्तविक कारण यथासम्भव छिटो पत्ता लगाई सार्वजनिक गर्दै नेपाली हवाई आकासलाई सुरक्षित बनाउन प्रभावकारी कदम चाल्नसमेत नेपाल सरकार एवम् सम्बद्ध अधिकारीको ध्यानाकर्षण गरिएको छ । यसैबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि उक्त घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण